संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा जंगलमा बन्दुक पड्किएर एक युवकको मृत्यु भएको छ । बुधबार राति वन्यजन्तुको सिकार गर्न गएका फिदिम नगरपालिका-९ का २० वर्षीय सुन्दर सारु मगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मगर छिमेकी ३३ वर्षीय मनबहादुर सम्बाहाम्फेसँग सिकार खेल्न जंगल गएका थिए । बन्दुक पड्किएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

प्रहरीले मगरसँगै सिकार खेल्न गएका सम्बाहाम्फेलाई पक्राउ गर्नुका साथै भरुवा बन्दुक बरामद गरेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!