संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । खोटाङमा कोदालो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईले उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले हत्या गरेकी प्रहरीले जनाएको छ ।

शनिबार सामान्य वादविवादका क्रममा रेनुकाले पाँचकर्णलाई कोदालोको पासोले हानेको खुलेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले पाँचकर्णलाई तत्कालै उद्दार गरेर उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौंको न्युरो अस्पताल पठाएको थियो ।

Advertisement

उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । रेनुकालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!