
विराटनगर । भोजपुरबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका-७ स्थित २४ वर्षीय संजय राई, सोही स्थानका १९ वर्षीय मौसम राई, भोजपुर-९ का २० वर्षीय रेन्जी शेर्पा, भोजपुर-५ का २० वर्षीय संगित राई, भोजपुर-७ का २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई र भोजपुर-६ का २९ वर्षीय दिपेश राई छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ स्थित संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगर, १८ ग्राम गाँजा र ७० हजार नगद बरामद गरेको छ ।
उनीहरूका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।