संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त भएका छन् ।

विश्वविद्यालय सेवा आयोगको दोस्रो  अध्यक्षमा प्रोफेसर डा. थापा नियुक्त भएका हुन् । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापालाई पद तथा  गोपनियताको सपथग्रहण गराए ।

Advertisement

मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ कार्यक्रममा सह-कुलपति तथा कोशी सरकारका समाजिक विकास मन्त्री पाँचकर्ण राई, उपकुलपति डा. सुवासश्री  पोखरेल, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, रजिष्टार डा. दिलनाथ  फुँयाल र डिन  प्रा.डा. प्रचण्डमान प्रधान लगातको उपस्थिति थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वविद्यालयमा हाल इन्जिनियरिङ, कानुन, औषधी विज्ञान र अस्पताल व्यवस्थापन सम्बन्धी पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयको आफ्नै सेवा आयोग, परीक्षा कार्यालय, अनुसन्धान केन्द्र, लाइब्रेरी, विभिन्न ल्यावहरूसहित तीन वटा स्कुल सञ्चालनमा छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!