संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-१ मानेडाँडामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

बुधबार अपराह्‍न ४ बजेतिर हावाहुरीसँगै परेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो ।घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, १९ वर्षीय रिजन तामाङ र ४२ वर्षीया कल्पना तामाङ गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!