धनकुटाबाट जोगवनी लैजाँदै गरेको गाँजा विराटनगरमा समातियो, तीन जना पक्राउ
विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-४, इक्राहीबाट १०१ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कारमा राखेर गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो । धनकुटाबाट बा.६ च.४६८९ नम्बरको कारको डिकीमा राखेर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञान...






























