तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म्याङलुङबाट जिरीखिम्तीतर्फ जाँदै गरेको को.१४ प ८९२ नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक म्याङलुङ नगरपालिका–८ का २२ वर्षीय संगम तामाङ र पछाडि सवार सोही स्थानका २५ वर्षीय सविन लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तामाङ र लिम्बू गम्भीर घाइते भएक...



























