संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ नगरपालिका–७ मा आज अपराह्न भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । तेल्लोकबाट फुङलिङ आइरहेको मे १ ज ३३१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

Advertisement

प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार गाडीको स्टेयरिङको ‘टाइरेट गोली’ भाँचिएर अनियन्त्रित भइ गाडी सडकबाट तल झाडीमा खसेको थियो । दुर्घटनामा सिरिजंघा गाउँपालिका–५ की १८ वर्षीया मुना भट्टराई, ३५ वर्षीया माया पौडेल भट्टराई,  १७ वर्षीया इच्छा लिम्बु, २८ वर्षीया सरिता भट्टराई, २३ वर्षीय धनकुमार भट्टराई, इलामको रोङ गाउँपालिका–४ भालुझोडा घर भएका चालक अशोक तामाङका छोरा २४ वर्षीय अबि तामाङ र तेल्लोकका ४१ वर्षीय बुद्धि थापा घाइते भएका छन् ।

घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी रावलले संगालोखबरलाई जानकारी दिए । घाइतेहरुको टाउको, हातखुट्टासहित शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!