संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित कुखुरा फार्मका सञ्चालक ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आरोपमा दम्पती पक्राउ परेका छन् ।

Advertisement

प्रहरीका अनुसार मोरङ उर्लाबारी नगरपालिका–४ का ३६ वर्षीय सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी पक्राउ परेका हुन् । दुवैजना बजगाईँकै फार्ममा काम गर्दै आएका थिए । घटनापछि उनीहरु फरार भएका थिए । खोजीका क्रममा प्रहरीले धरानस्थित एक धर्मशालाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 सुन्दरहरैँचा–१ स्थित कुखुरा फर्मभित्रै सञ्चालक बजगाईँको हत्या भएको अवस्थामा हिजो बिहान शव फेला परेको थियो । टाउको लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा उनलाई फेला पारिएको थियो ।

कुखुरा फर्ममा काम गर्ने दम्पतीले नै उनको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!