संगालोखबर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । अविरल वर्षासँगै झरेको पहिरोले उक्त स्थानका चार घर बगाएको थियो । १५ घर उच्च जोखिममा परेका छन् ।

Advertisement

पहिरोमा घर बगाएर विचल्लीमा परेका तथा जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । यसैबीच, पहिरोका कारण अवरुद्ध उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेल जोड्ने गाईघाट–दिक्तेल सडक अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

गाईघाट–खाँबु–रानीबास हुँदै जिल्लाको धार्मिक पर्यटकीयस्थल रौता जोड्ने सडक पनि पहिरो हटाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । दुई दिनअघि त्रियुगा नगरपालिका–१० मा पर्ने गाईघाट–दिक्तेल सडकखण्डमा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!