संगालोखबर

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा आउने तीर्थयात्रीलाई सुविधा दिन प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ । पाथीभरा जाने बाटोमा पर्ने माथिल्लो फेदी भन्ने स्थानमा भवन निर्माण सम्पन्न भएसँगै केन्द्र स्थापना गरिएको हो ।

Advertisement

कोशी प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा चारवटा कोठा भएको एक तले भवन बनाइएको छ । यसअघि स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले अस्थायी भवन बनाइदिएका थिए । उनले पाँच वर्षसम्म स्वास्थ्यकर्मीलाई निःशुल्क रुपमा खाना पनि खुवाएका थिए ।

पाथीभरामा संकलित भेटीबाट व्यवस्थापन हुने गरी पाथीभरा क्षेत्र विकास समितिले स्वास्थ्यकर्मी सहितको सेवा प्रवाह गरिरहेको छ । केन्द्रमा अहेव उमनाथ पौडेल कार्यरत् छन् ।

उनका अनुसार पाथीभरा दर्शनका लागि जाने तीर्थयात्रीलाई लेक लागे, चोटपटक लागे वा अरु कुनै स्वास्थ्य समस्या भए प्राथमिक सेवा दिने गरिएको छ । ३१ सय मिटर उचाईमा फेदी र ३ हजार ७ सय ९४ मिटर उचाईमा पाथीभरा मन्दिर पर्छ । त्यसैले तीर्थयात्रीलाई लेक लाग्ने समस्या बढी हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!