संगालोखबर

विराटनगर । अविरल वर्षाका कारण आगामी तीन दिनसम्म कोशी प्रदेशका विभिन्न नदी र खोलामा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । सप्तकोशी नदीका साथै कन्काई, माई, जोगमाईलगायतका खोलामा पानीको बहाव बढ्ने जनाइएको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू तथा कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल्लेख्य बढ्ने सम्भावना भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, सोलुखुम्बुलगायत जिल्लामा रहेका नदी र खोलामा पानीको सतह बढ्ने जनाइएको छ ।

यसैगरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौं, भक्तपुर र ललितपुर, लमजुुङ, कास्की, पाल्पा, रुपन्देही, कपिलबस्तु कैलाली, सिन्धुपाल्चोक लगायतका जिल्लामा भएका नदी तथा खोलामा पनि आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!