संगालोखबर
विराटनगरमा आयोजित डेंगी संक्रमण रोकथामका लागि सचेतनामूलक कार्यक्रम ।

विराटनगर । वर्षा लागेसँगै बढ्ने क्रममा रहेको डेंगु संक्रमणबाट कोशी प्रदेशका ३७१ जना प्रभावित भएका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढी बागमती प्रदेशमा डेंगु संक्रमित भेटिएका छन् ।

समग्रमा देशभरि गरी पछिल्लो चार दिनयता ६१ जना नयाँ डेंगु सङ्क्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । ईडीसीडीका अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । अघिल्ला साता यो संख्या १४ सय ८३ जना थियो । 

Advertisement

बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । मधेस प्रदेशमा ३९ जना, गण्डकीमा २३० जना, सुदूरपश्चिममा १६४ जना र लुम्बिनीमा १८१ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!