संगालोखबर

विराटनगर । प्रहरीले विराटनगरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-४, इक्राहीबाट १०१ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

कारमा राखेर गाँजा ल्याइँदै गरेको सुराकी पाएपछि आइतबार जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटिएको थियो । धनकुटाबाट बा.६ च.४६८९ नम्बरको कारको डिकीमा राखेर ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ‘भित्री बाटो प्रयोग गरी कारको डिकीमा राखेर ल्याइँदै गरेको अवस्थामा गाँजा फेला परेको छ,’ डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘धनकुटाबाट जोगबनीतर्फ गाँजा लैजाँदै गरेको भन्ने बुझिएको छ । गाँजा ओसार्न खटिएका तीन जनालाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

गाँजा फेला परेपछि प्रहरीले कार चालक मोरङको केराबारी-५ का ३६ वर्षीय सुरेश लिम्बू, कारमा सवार धनकुटाको साँगुरीगढी-२ का ३४ वर्षीय सुभास नोयोहाङ र धरान-१३ की ४२ वर्षीया लक्ष्मी राई विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको कारोबारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहाडी जिल्लाबाट तराईका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतमा गाँजा लैजान राजमार्गको विकल्पमा भित्री सडक प्रयोग गर्ने गरिएको छ ।

राजमार्गमा सवारी चेकजाँच भइरहने हुनाले छल्नका लागि भित्री बाटो प्रयोग गर्ने गरिएको प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!