संगालोखबर


विराटनगर । आठौँ संस्करणको ‘मिस कोशी–२०२४’ प्रतियोगिताको उपाधि सुनसरीको इटहरीकी शुभलक्ष्मी राइले जितेकी छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिकोे आयोजना सुनसरीको धरानमा सम्पन्न प्रतियोगिताको फाइनलमा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राईले उपाधि जितेकी हुन् । उपाधिसँगै उनले १ लाख रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् ।

Advertisement

धरानकी निशा हङ्मा लिम्बु फर्स्ट रनरअप भइन् भने सेकेण्ड रनरअप झापाकी निगम मोक्तान घोषित भइन् । थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राई बनिन् । प्रतियोगिताको फाइनलमा २५ जना प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!