संगालोखबर


खोटाङ । महिलालाई बलात्कार गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ६२ वर्षीय बलवीर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गत असार २६ गते स्थानीय २९ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी परेका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक राजु निरौलाका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दिक्तेल पठाइएको छ ।

Advertisement

आरोपी राईलाई पनि जिल्ला प्रहरी कार्यालय पठाइएको निरौलाले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण थालिएको उल्लेख गर्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!