संगालोखबर


विराटनगर । बहुभाषिक नीतिअनुरूप रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामले महानगर एफएम विराटनगरबाट राजवंशी भाषा समाचार प्रसारण सुरु गरेको छ ।

आजदेखि सुरु भएको राजवंशी भाषाको समाचार हरेक दिन महानगर एफएममा दिउँसो १ बजेर ४५ मिनेटमा प्रसारण हुनेछ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रसारण सुरु गर्दै यसले भाषा संस्कृतिको विकासमा थप बल पुग्ने बताए ।

Advertisement

उनले संविधानमा उल्लेख भएअनुसार बहुसांस्कृतिक, बहुधार्मिक नीतिलाई समावेशीकरण गर्दै राजवंशी भाषा समाचार प्रसारण शुभारम्भ गरेकोमा रेडियो नेपाललाई धन्यवाद दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडियो नेपालका कार्यकारी निर्देशक एवं सञ्चारग्राम सञ्चालक समितिका अध्यक्ष बुद्धिबहादुर केसीले आगामी आर्थिक वर्षमा सञ्चारग्राममा तारिणीप्रसाद कोइरालाको सालिक स्थापना गर्ने र सञ्चारग्राम मार्फत् मोबाइल एप तथा वेबसाइट सञ्चालनमा ल्याउने जानकारी गराए ।

कार्यक्रममा राजवंशी, मुडियारी, मधेसी, थारु लगायत विभिन्न जातीय समुदाय तथा संघसंस्था प्रतिनिधिको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!