संगालोखबर

विराटनगर । मोरङको रतुवामाईका एकजना व्यवसायी विराटनगरको एक होटलमा आज बिहान मृत अवस्थामा भेटिएका छन् । विराटनगर महानगरपालिका–९ स्थित फ्रेन्ड्स कर्नर रेस्टुरेन्ट, बार एण्ड लजमा उनी मृत अवस्थामा भेटिएका हुन् ।

Advertisement

रंगेलीमा किराना पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय गजेन्द्र साह आज बिहान उक्त लजको २०४ नम्बर कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

हिजो अपरा्हनतिर उनी उक्त लजमा बस्न आएको जनाइएको छ । यसैबीच, घटनास्थलमा भेला भएका परिवार र आफन्तले घटना रहस्यमय भएको भन्दै अनुसन्धान गरी दोषी पत्ता लगाउन माग गरेका छन् ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!