संगालोखबर

विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा एउटा कारभित्र ठूलो परिमाणमा गाँजा भेटिएको छ । बा ६ च ४६८९ नम्बरको कारमा १०२ किलो गाँजा भेटिएको हो । गाँजा ओसारपसारमा संलग्न तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

विशेष सूचनाका आधारमा टोली परिचालन गरी निगरानी गर्ने क्रममा हिजो अपराह्न उक्त स्थानमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । शंका लागेर कारलाई नियन्त्रणमा लिइ प्रहरी टोलीले जाँच गरेको थियो । त्यस क्रममा उक्त गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा कार चालक मोरङको केराबारीका ३६ वर्षीय सुरेश लिम्बू, धनकुटाको साँगुरीगढी गाउँपालिका–२ का ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरीको धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीया लक्ष्मी राई विक छिन् ।

सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रबाट गाँजा ओसारपसार गर्ने क्रम केही दिनयता निकै बढेको छ । प्रहरीले सीमावर्ती नाकाहरुमा पनि निगरानी बढाएको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!