सुनसरीमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको रामधुनी-६ ढेडिगाउँमा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्र १-०२-००३ ह १९ नम्बरको सिटी सफारी कच्ची सडकमा आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा सोही स्थानका ५० वर्षीय विनोद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात स्थानीय मेडिकलमा उपचार गरेर घर लगिएकोमा उनी एक्कासि बेहोस भएका थिए ।
उनलाई थप उपचारका लागि विराट टिचि...


























