संगालोखबर


विराटनगर । सुनसरीबाट एक सय २० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । शनिबार साँझ ७ः३० बजे बराहक्षेत्र नगरपालिका-५ तिनकुनेबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कार चालक विराटनगर महानगरपालिका-४ इक्राहीका २६ वर्षीय धिरज गोसाइँ र कारमा सवार जहदा गाउँपालिका-७ का २२ वर्षीय विकास यादव छन् ।

Advertisement

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धरानबाट कालाबन्जरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कारमा चेकजाँच गर्दा गाँजा फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार कारभित्र ६ वटा कालो प्लाष्टिकको झोलामा प्याक गरेको अवस्थामा गाँजा फेला परेको थियो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!