संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का ५४ वर्षीय तेजबहादुर राई छन् ।

आज दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा ३ ख १८९७ नम्बरको बसबाट ५५ किलो गाँजा बरामद गरेको हो ।

Advertisement

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुई वटा बोरामा केरा र तितेपातीको पातभित्र अर्को बोरामा प्याक गरेर गाँजा राखिएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको डीएसपी खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!