संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१६ मा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-१७ पृथ्वीचोकका ४९ वर्षीय खगेन्द्र राई छन् ।

राईले दुई महिना अघि मेयर हर्क साम्पाङको नेतृत्वमा भइरहेको श्रमदानका क्रममा यौन दुर्व्यवहार गरेको आरोप छ । राई श्रमदान अभियानमा खाना पकाउने जिम्मेवारीमा रहेका थिए ।

Advertisement

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगूका अनुसार पीडितका अभिभावकले किटानी जाहेरी दिएपछि राई पक्राउ परेका हुन् ।

पीडित बालिका आफ्नी आमासँगै श्रमदान अभियानमा गएकी थिइन् । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!