संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१६ मुरा खोलामा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार इटहरी-१६ का ९ वर्षीय युनिस खत्री र इटहरी-५ का ११ वर्षीय हेमबहादुर परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरू पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए ।

Advertisement

उद्धार गरी उनीहरूलाई सान्बी सिटी अस्पताल इटहरीमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । दुबै बालकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको डीएसपी खतिवडाले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!