विराटनगर । सुनसरी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-२ का २३ को शिशिर भट्टराई छन् ।
आज दिउँसो इनरुवा नगरपालिका-४ बसचोकबाट ८ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
मलद्वारमा च्यापेर लागूऔषध ल्याउँदै गरेका उनलाई प्रहरीले पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।