संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवलाई पत्र लेख्दै असन्तुष्टि पोखेका छन् ।

३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्‍तकोसीको पानी धरान ल्याउन धेरै पटक मन्त्रालय धाएको स्मरण गर्दै उनले मन्त्रीलाई पत्र लेखेका छन् ।

Advertisement

‘आर्थिक वर्ष २०८२/८३ मा चार करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो’, उनले पत्रमा भनेका छन्, ‘बाँकी पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकाले देशलाई ऋणको भारी बोकाएर उचित हुँदैन ।’

धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अघि बढाउन मन्त्रीलाई पत्रमार्फत आग्रह गरेका छन् ।

राष्ट्रिय आम्दानीबाट योजना अघि बढ्न नसकेको अवस्थामा आफैं खोलाखोल्सीको पानी जोडेर गुजारा गर्ने पत्रमा उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!