संगालोखबर


विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशानेबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको पौवादुम्मा गाउँपालिका-६ का ३६ वर्षीय जीवनराज राई र सोही स्थानका ३१ वर्षीय आरएन राई छन् ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ६२६८ नम्बरको बसमा चेकजाँच गर्दा गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

Advertisement

उनका अनुसार बसको डिकीमा दुईवटा सुटकेसमा राखेको अवस्थामा ४९ किलो ७२५ ग्राम गाँजा बरामद भएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!