संगालोखबर


विराटनगर । सुनसरीबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति ११ः४० बजे देवानगन्ज गाउँपालिका-३ यादव टोलबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा १८ वर्षीय राजकुमार यादव र १८ वर्षीय राजु यादव छन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार राजकुमारको घरमा गाँजाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ किलो २८० ग्राम गाँजा बरामद गरेको छ ।

Advertisement

उनका अनुसार मकैको खोयाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!