संगालोखबर


विराटनगर । सुनसरीमा भारतीय नम्बर प्लेटको कारबाट १६२ किलो गाँजा बरामद भएको छ । आज बिहानको राति २ः१० बजे बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट चेकजाँचका क्रममा प्रहरीले गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार एमएच ०२ बीपी ९७४२ नम्बरको भारतीय कारमा गाँजा फेला परेको हो ।

Advertisement

प्रहरीलाई देख्नासाथ गाडी रोकेर चालकसहित दुई फरार भएकाले खोजी कार्य तीब्र पारिएको डीएसपी खतिवडाको भनाइ छ । कालो प्लाष्टिक र जेब्रा झोलामा पोका बनाएर डिक्की भित्र गाँजा राखिएको थियो ।

कारसहित गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!