संगालोखबर


विराटनगर । सुनसरीमा स्कुल बसले किचेर नाबालकको मृत्यु भएको छ । गढी गाउँपालिका-६ स्थित भित्री पक्की सडक खण्डमा मंगलबार अपरान्ह आफैँ चढेको बसले नाबालकलाई किचेको हो ।

बसले किचेर गढी-६ का श्रवण उराउको ३ वर्षीय छोरा आयुष उराउको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको गढी-३ छिटाहास्थित लिटिल बड्ज एकेडेमी बोर्डिङ स्कुलको ग १ ख २०१२ नम्बरको बसले नाबालकलाई किचेको हो ।

Advertisement

प्रहरीका अनुसार घर छेउमा पुगेपछि ओर्लिने क्रममा अचानक लडेका उनी बसको चक्कामुनि पुगेका थिए । चक्काले टाउकोमा किच्दा नाबालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक गढी-३ का अन्दाजी ३१ वर्षीय विनोदकुमार मेहता फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!