
विराटनगर । सुनसरीबाट ज्यान सम्बन्धी कसुरमा २४ वर्षबढी कैद सजाय तोकिएका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-७ का २५ वर्षीय पप्पु सिंह भनिने पप्पु यादव छन् ।
उनलाई मंगलबार इनरुवा नगरपालिका-३ बाट हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते गरेको फैसला अनुसार उनलाई २४ वर्ष ८ महिना १५ दिन कैद सजाय तोकिएको थियो । तर उनी लामो समयदेखि फरार थिए ।
पक्राउ परेका यादवलाई झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













