संगालोखबर

विराटनगर । सुनसरीमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

Advertisement

दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका-६ का ३४ वर्षीय इर्न्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिश चौधरी तथा अर्को मोटरसाइकलका चालक इनरुवा-६ का ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो ।

उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा इन्र्चन की श्रीमती ३२ वर्षीया प्रतीक्षा चौधरी र अर्को मोटरसाइकलमा सवार इनरुवा-७ का ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते छन् । उनीहरूको घोपामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ ७ः२० बजेको समयमा रामधुनी नगरपालिका-७ बासबिटीस्थित चतरा-कान्छी चोक सडक खण्डमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १-०२-०५६ प ५८६४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!