
विराटनगर । सुनसरीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । देवानगन्ज गाउँपालिका-१ मध्याहर्षाहीकी ५५ वर्षीय कल्सी मेहताको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मंगलबार साँझ ६ः३० बजेतिर घाँस काट्न जाने क्रममा उनलाई सर्पले डसेको थियो । सर्पले टोकेर घाइते भएकी उनलाई घरमा लगेर राखिएकोमा अवस्था गम्भीर भएको थियो ।
उनलाई सर्पले टोकेको भनेर ८ः२० बजे प्रहरीले खबर पाएको थियो । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













