संगालोखबर
साङ्केतिक तस्बिर

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-५ राजश्व ढाट नजिकैबाट हायस गाडी लिएर हिँड्ने पक्राउ परेका छन् । मंगलबार साँझ ६ बजे पूर्वतर्फ आउँदै गरेको बा ३ ख ७९७८ नम्बरको हायस र विपरीत दिशातर्फ जाँदै गरेको प्र १-०२-०५१ प ८२८० नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक लडेपछि हायस चालक सिन्धुली दुधौली नगरपालिका-१० का ३३ वर्षीय शेरबहादुर गुरुङ उठाउन गएका थिए । तर मोटरसाइकल चालक अचानक हायसमा चढेर स्टार्ट गरेर पूर्वतर्फ भागेका थिए ।

Advertisement

सुनसरी प्रहरीका अनुसार हायस चालकले तत्कालै उनको हुलियासहित इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले साँझ ७ः२० बजे इटहरी-५ मा हायससँगै मान्छे फेला पारेको थियो ।

हायस फेला परेसँगै मोटरसाइकल छोडेर हायस लिएर हिँडेका बराहक्षेत्र नगरपालिका-१ का ५४ वर्षीय कमलबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

‘हायस चालकले जानकारी गराएपछि हामीले खोजी गर्ने क्रममा फेला पारियो’, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले संगालोखबरसँग भने, ‘हिजो नै दुबै पक्षबीच छलफल गराएर छाडियो । मोटरसाइकल यँही छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!