संगालोखबर

विराटनगर । पौडी खेल्ने क्रममा विराटनगरको सिङ्घिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोका १६ वर्षीय नितेश सिंह छन् ।

Advertisement

पौडी खेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भएको थियो । खोजीका क्रममा सिंह मृत अवस्थामा भेटिएका हुन् ।

पोष्टमार्टमपछि शव परिवारले बुझेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!