संगालोखबर

विराटनगर । गत असार ८ गते बसेको तेह्रौँ बैठकपछि स्थगित भएको कोशी प्रदेशसभा बैठकको मिति तोकिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले भदौ १४ गते शुक्रबार १ बजेका लागि बैठकको समय तोकेर सूचना जारी गरेका छन् ।

Advertisement

भदौ १८ गते मङ्गलबारका लागि बैठक आह्वान भएपनि त्यसलाई संशोधन गर्दै १४ गतेका लागि बैठक डाकिएको छ । दुई महिनाको अवधिसम्म बैठक बस्न सकेको थिएन । लामो समय बैठक नबस्दा दलहरूले प्रदेशसभा सचिवालयलाई बैठक आह्वान गर्न दबाब दिन थालेका थिए ।

प्रदेशसभा सभामुख अम्बरबहादुर बिष्टले बैठक बोलाउन ढिलाइ गरेको भन्दै दलहरूले आलोचना गर्दै आएका छन् । बैठक नबस्दा समसामयिक विषयहरू राख्न नपाएको भन्दै प्रदेशसभा सदस्यहरूले गुनासो समेत गर्न थालेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!