संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगरमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । सोमबार साँझ करेन्ट लागेर विराटनगर–१४ जतुवाकी ४२ वर्षीया सरितादेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चापाकलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते उनको सवा ६ बजेतिर मृत्यु भएको हो । उपचारका लागि गोल्डेन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!