अनलाइन ठगीमा संलग्न ५ जनाको समूह विराटनगरमा पक्राउ
विराटनगर । अनलाइन ठगीमा संलग्न समूहका ५ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुले अनलाइनको माध्यमबाट ठगी गर्ने साथै सट्टेबाजी समेत गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा सप्तरीका २२ वर्षीय शिवशंकर यादव, २० वर्षीय दीपक मण्डल, मोरङको जहदाका २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव र २६ वर्षीय सिकिन्दर यादव छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबह...






























