विद्यालय नाटक महोत्सवको नवौँ दिन ‘ज्ञ’ मञ्चन
विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको नवौँ दिन आज ‘ज्ञ’ नामक नाटक मञ्चन भएको छ । हाटखोलास्थित आरोहण गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सुबिजिमुर मेमोरियल सेकेन्डरी स्कुलले नाटक मञ्चन गरेको हो ।
विद्यार्थीहरू प्रतीक्षा अधिकारीको लेखन तथा सोनाम तामाङको निर्देशन रहेको नाटकमा नेपालको शिक्षा प्रणालीमा व्याप्त समस्याहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । नाटकमा संयोग भट्टराई, साइन तिमिल्...






























