संगालोखबर


विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी सङ्घले आगजनी गरेको छ । आज डाक्टर शेखर कोइराला समूहले निर्वाचन कार्यालयमा आगजनी गरेर तालाबन्दी गरेको हो ।

आगजनीबाट कार्यालयका केही कागजात जलेका छन् भने प्रहरीले ताला फोडेको छ । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए ।

Advertisement

मङ्गलबार राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा आएपछि कोइराला समूहका विद्यार्थीले आगजनीसँगै तालाबन्दी गरेका हुन् ।

क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीका अनुसार आगजनीबाट कागजहरूमा सामान्य क्षति पुगेको छ । समयमा नै आगो निभाएका कारण ठूलो क्षति हुनबाट जोगिएको उनको भनाइ छ  ।

गत फागुन १५ गते नेविसङ्घ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङका स्ववियु सभापति जसवन्त पौडेलसहितको समूहले क्याम्पसमै कुटपिट गरेको थियो ।

‘नेविसङ्घको एक पक्षतर्फको उम्मेदवारको नाम स्वतन्त्र सूचीमा आएको रहेछ’, मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले संगालोखबरसँग भने, ‘त्यहि असन्तुष्ट पक्षले तालाबन्दी गरेको हो । ताला फुटाइसकेको अवस्था छ ।’

तालाबन्दी भन्दा अगाडि निर्वाचन कार्यालय भित्र पसेर विद्यार्थीहरूले टेबलमा भएका काम नलाग्ने कागज च्यातेर आगो लगाएका उनले बताए । क्याम्पसमा हुनसक्ने सम्भावित गतिविधिलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको डीएसपी जोशीले जानकारी दिए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!