विराटनगर । विराटनगर-४ का स्थानीयले धारामा धमिलो र लेदो पानी आउने समस्या समाधान नभएको भन्दै वडा कार्यालय घेराउ गरेका छन् ।
लामो समयदेखि लेदोसहितको धमिलो पानी आइरहेको र बारम्बार ध्यानाकर्षण गराउँदा पनि समाधान नभएको भन्दै आज वडा कार्यालय घेराउ गरेका हुन् । धारामा आएको लेदोसहितको धमिलो पानी लिएर स्थानीय वडा कार्यालय घेराउ गर्न पुगेका छन् ।
उनीहरूले ‘शुद्धिकरण गरेको खानेपानी वितरण गर, नागरिकलाई विषाक्त पानी किन ?’ ‘लेदो पानी खाइँदैन-चाहिँदैन, जनताको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन’, शुद्ध खानेपानी आपुर्ति गर, नागरिकको स्वास्थ्यसँग खेलवाड अन्त्य गर’ लगायतका प्लेकार्डसहित वडा कार्यालयमा जम्मा भएका छन् ।
यो पनि-