संगालोखबर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । विराटनगरस्थित प्रदेशसभा भवनमा दिउँसो २ बजे बस्ने बैठकमा उपस्थित भएर प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

Advertisement

मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालयमा हुने दीक्षान्त समारोह उद्‌घाटन सकेर प्रधानमन्त्री ओली प्रदेशसभा बैठकमा सहभागि हुने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्रीको सम्बोधन सुन्न कांग्रेस र एमालेले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।

यता, बैठक बहिष्कार गर्ने भनेर घुर्क्याइरहेका प्रतिपक्षी दल माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरू पनि बैठकमा सहभागि हुने भएका छन् । अहिले प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसको सुविधाजनक बहुमत छ । बहुमतको आडमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिपक्षी दलहरूलाई वेवास्ता गरेको भन्दै उनीहरूले मुख्यमन्त्रीकै पार्टी एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आउँदा बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए ।

तर, आज बिहान मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोबीच भएको छलफलमा समझदारीपूर्ण वातावरणमा अघि बढ्ने निष्कर्ष निस्किएपछि प्रतिपक्षी दलहरू पनि बैठकमा सहभागि हुने भएका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!