संगालोखबर


विराटनगर । मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब विराट गाेल्डकपकाे सेमिफाइनल प्रवेश गरेकाे छ । आज राति विराटनगरकाे सहिद रंगशालामा भएकाे तेस्राे क्वाटरफाइनल खेलमा मच्छिन्द्रलाई २-१ गाेल अन्तरले पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

थ्री स्टारका लागि खेलकाे १४ औं मिनेटमा आशिष चापागाईं र २२ औं मिनेटमा दिपेश घलेले गाेल गरे । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थुप्रै अवसर पाएपनि अन्तिम समयमा देवेन्द्र तामाङले एक गाेल फर्काए । खेलकाे म्यान अफ द म्याच थ्री स्टारका घले घाेषित भए ।

Advertisement

शनिबारकाे अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाइज युनाइटेड र एनआरटी फुटबल क्लबबीच हुने आयाेजकले जनाएकाे छ ।

शनिबार महिलाहरूले निःशुल्क विराट गाेल्डकप हेर्न पाउने भएका छन् । अन्तराष्ट्रिय नारी दिवसका अवसरमा आयाेजकले महिलाहरूलाई निःशुल्क प्रवेशकाे व्यवस्था मिलाएकाे हाे ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!