संगालोखबर


विराटनगर । विराट गाेल्कपकाे तेस्राे क्वाटरफाइनल खेलकाे पहिलाे हाफमा थ्री स्टार क्लबले मच्छिन्द्र क्लबविरूद्ध दुई गाेल गरेकाे छ ।

विराटनगरकाे सहिद रंगशालामा जारी खेलकाे १४ औं मिनेटमा थ्री स्टारका आशिष चापागाईंले पहिलाे गाेल गरे ।

Advertisement

यस्तै खेलकाे २५ औं मिनेटमा थ्री स्टारका दिपेश घलेले दाेस्राे गाेल थपे । प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्रले थुप्रै अवसर पाएपनि पहिलाे हाफमा गाेल गर्न सकेन ।

भाेलिकाे अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाइज युनाइटेड र एनआरटी फुटबल क्लबबीच हुने आयाेजकले जनाएकाे छ ।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकप आगामी फागुन २८ गते समापन हुनेछ । प्रतियोगितामा विजेता हुने टोलीले ११ लाख र उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!