संगालोखबर
होलीको शुभकामना आदान-प्रदान गर्दै मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरला कार्की ।

विराटनगर । विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदान-प्रदान गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू सहभागि थिए ।

मेयर कोइरालाले होली मर्यादित र विकृतिरहित तवरबाट मनाउनुपर्नेमा जोड दिए  । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भनाइ थियो ।

Advertisement

‘पछिल्लो समय विभिन्न खालका सामाजिक विकृति र विसंगतिले स्थान पाएको भन्ने सार्वजनिक टिप्पणी हुने गरेको छ’, मेयर कोइरालाले भने, ‘मर्यादित र विकृतिरहित होली मनाउन सबै विराटनगरवासीलाई आग्रह गर्न चाहन्छु ।’

यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउनेमा आफू विश्वस्त रहेको मेयर कोइरालाको भनाइ छ ।

मुलुकमा विविध जाति र समुदायका फरक-फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको उनको भनाइ छ । कार्यक्रममा एकआपसमा रङ्ग दलेर शुभकामना आदानप्रदान गरिएको थियो ।

त्यस्तै होलीका गीतमा सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । महानगरले होलीका अवसरमा हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!