संगालोखबर


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले रङ्गहरूको पर्व फागु पूर्णिमा अर्थात होलीमा अवाञ्छित क्रियाकलाप गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक सूचना जारी गर्दै व्यवस्थित र मर्यादित ढङ्गबाट होली मनाउन आग्रह गर्दै अटेर गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

होलीलाई व्यवस्थित, मर्यादित र मनोरञ्जनपूर्वक मनाउँदै समाजमा शान्ति सुव्यवस्था र सद्भाव कायम गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण जिल्लावासीलाई आग्रह गर्दै अमर्यादित क्रियाकलाप नगर्न आग्रह गरिएको छ । अटेर गरेको खण्डमा प्रचलित कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

Advertisement

एक अर्काको इच्छा विपरित जबरजस्ती रङ्ग दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, फोहोर छयाप्ने, बाटोमा हिड्ने यात्रुलाई दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने जस्ता कार्य नगर्न प्रशासनको आग्रह छ ।

यस्तै मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानहरूमा हो-हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न प्रशासनले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!