संगालोखबर

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजकुमार ओझालाई पराजित गर्दै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

१० औं जिल्ला अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि अजम्बर र राजकुमार बेग्ला बेग्लै प्यानल बनाएर निर्वाचनमा सहभागि भएका थिए । शुक्रबार साँझ सार्वजनिक मतगणनाको अन्तिम परिणाम अनुसार अजम्बरसहित पदाधिकारीमा उनको प्यानल नै विजयी भएको हो ।

उपाध्यक्षमा सागर थापा र सचिवमा सोमराज थापा विजयी भएका छन् । सहसचिवमा सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका छन् । अजम्बरको प्यानलले नेता विनोद ढकाल पक्षको साथ पाएको थियो भने राजकुमारको पक्षमा प्रदेशका शीर्ष नेताहरू उभिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!