विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरीसहित प्यानलै विजयी भएको छ ।
आज बिहानको राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार १७३ मतका साथ अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार रोहित कोइरालाले १२१ मत प्राप्त गरे ।
उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने १४५ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार राम पोखरेलले १३६ मत प्राप्त गरे ।
सचिवमा विज्ञान शर्मा चापागाईं १८३ मतसहित विजयी भए । सचिवका अर्का उम्मेदवार नवराज काफ्लेले १०४ मत मात्रै पाए । उपसचिवमा हमिद आजाद १७८ मतसहित विजयी हुँदा चन्द्रशेखर विश्वास ९८ मतमा सीमित भए ।
महिला उपसचिवमा १६९ मतसहित हिमा मैनाली पोखरेल निर्वाचित भइन् । अर्का उम्मेदवार प्रेमकला डाँगीले १११ मत प्राप्त गरिन् । महानगरको दोस्रो अधिवेशन वैशाख २ गतेबाट सुरु भएको थियो । बिहीबार भएको मतदानमा ३०८ मत खसेको थियो ।