मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

मोरङमा ६० वर्षीय वृद्धको घरमा भेटियो बन्दुक, पक्राउ परेपछि प्रेसर बढेर अस्पताल भर्ना

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका-७ बरडंगाबाट भरुवा बन्दुकसहित वृद्ध पक्राउ परेका छन् । स्थानीय ६० वर्षीय प्रकाश यादवलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सुराकीका आधारमा मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा बन्दुक फेला परेको हो । घरमा लुकाएर राखेको अवस्थामा एक नाल भरुवा बन्दुक भेटिएपछि बन्दुकसहित वृद्धलाई नियन्त्रणमा लिइएको मोरङका ...
विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगरका कृषकलाई अनुदानमा गहुँको बीउ

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई गहुँको बीउ उपलब्ध गराएको छ । आज कृषकहरूलाई महानगरले उन्नत जातको गहुँको बीउ उपलब्ध गराएको हो । कृषि अधिकृत खगेश्वर तिम्सिनाका अनुसार १० हजार पाँच सय २६ किलो बीउ वितरण गरिएको छ । उक्त बीउले ६० हेक्टर जमिनमा खेती गर्न सकिन्छ ।  महानगरका दुई सय ६२ घरधुरीलाई बिउ वितरण गरिएको तिम्सिनाले बताए । महानगर क्षेत्रभित्र एक हजार तीन सय ७५ खेतीयो...
मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

मनमोहनका विद्यार्थीले बनाए चालक आफैँले मापसे जाँच गर्नसक्ने मेसिन

विराटनगर । मोरङको बुढीगंगा-४ स्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीहरूले मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने मेसिन बनाएका छन् । आफैँले चलाउने सवारी साधनमा चालक आफैँले आफ्नो अल्कोहलको मात्रा जाँच गर्नसक्ने मेसिन बनाएका हुन् । डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीहरूले छ महिना लगाएर उक्त मेसिन बनाएका हुन् । कुनै पनि सवारीसाधनमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउ...
काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

काँग्रेसमा किचलो : संस्थापन र कोइराला पक्षद्वारा विराटनगरमा बेग्लाबेग्लै भेला आयोजना

विराटनगर । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइराला पक्षले विराटनगरमा आजदेखि पालिका सभापतिहरूको वृहत भेला गर्ने भएको छ । कोइराला पक्षले आज दिउँसो १ बजे विराटनगरको जैन भवनमा भेलाको उद्‌घाटन गर्ने तयारी गरेको छ । हिजो संस्थापन पक्षले कोशी प्रदेशका सबै जिल्ला सभापतिहरूलाई पत्राचार गर्दै औपचारिक रूपमा मंसिर २२ गतेदेखि भेला आयोजना गरिएको जनाएको थियो । शेखर पक्षको भेला आधिकारिकी नभएको र मंसिर २२ बा...
एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

एमाले कोशीको प्रमुख सचेतकमा लिङ्थेप

विराटनगर । नेकपा एमालेले कोशी प्रदेशको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्ति गरेको छ । आज नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सचेतक नियुक्त गरेका हुन् । प्रमुख सचेतक रेवती रमण भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएपछि सचेतकमा मुख्यमन्त्री कार्कीले उनलाई नियुक्त गरेका हुन् ।
कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

कोशीको कानुनमन्त्रीमा एमालेका भण्डारी नियुक्त, लिए पद तथा गोपनियताको सपथ

विराटनगर । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी नियुक्त भएका छन् । संविधानसभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य भण्डारीलाई आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्री नियुक्त गरेका हुन् । उनले आज साँझ नै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिए । जापान भ्रमणको विवादका कारण तत्कालीन आन्तरिक मामिला ...
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका माझी निर्वाचित

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बलराम सरदार थारूलाई १ हजार ६ सय ३६ मतले पराजित गर्दै माझी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । माओवादीका माझी ६ हजार ९ सय ६९ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । काँग्रेसका थारूले ५ ...
मोरङको ग्रामथानमा माओवादी उम्मेदवार माझीले फराकिलो बनाउदै अग्रता

मोरङको ग्रामथानमा माओवादी उम्मेदवार माझीले फराकिलो बनाउदै अग्रता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता फराकिलो बनाउदै लगेका छन् । राती करिब २ः३० बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले २४१२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार बलराम सरदारले १७४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ९९३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन...
मोरङको ग्रामथानमा माओवादीका माझीको सुरुवाती अग्रता

मोरङको ग्रामथानमा माओवादीका माझीको सुरुवाती अग्रता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार नमो नारायण माझीले सुरुवाती अग्रता लिएका छन् । आज राती करिब १ बजे सार्वजनिक मतपरिणाम अनुसार माझीले १ हजार १ सय ८१ मतसहित अग्रता लिएका हुन् । माझीलाई नेपाली कांग्रेसका बलराम सरदार थारुले पछ्याइरहेका छन् । उनले ९ सय २४ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेद्वार तुलसीराम विश्वासले ४ ...
उपनिर्वाचन : मोरङको ग्रामथानमा मतगणना सुरु

उपनिर्वाचन : मोरङको ग्रामथानमा मतगणना सुरु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मतगणना सुरु भएको छ । करिब साढे १० बजेतिर मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ग्रामथानको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १८ हजार पाँच सय ७७ मत खसेको छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । ग्रामथानमा अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी छ ।
ग्रामथानमा १८ हजार पाँच सय ७७ मत खस्यो, केही बेरमा मतगणना सुरु हुने 

ग्रामथानमा १८ हजार पाँच सय ७७ मत खस्यो, केही बेरमा मतगणना सुरु हुने 

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा १८ हजार पाँच सय ७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार कुल मतदाता मध्ये ७१.३३ प्रतिशत मत खसेको हो । सात वटा वडा रहेको ग्रामथानमा २६ हजार ४४ मतदाता थिए । जसमध्ये १८ हजार पाँच सय ७७ जना मतदानमा सहभागी भए । अब केही समयपछि मतगणना सुरु हुने पौडेलले जानकारी दिए । ‘१० बजेपछि मतगणना सुरु हुने भनेको हो’, पौ...
विराटनगरमा सडकमा सुतेर आन्दोलन !

विराटनगरमा सडकमा सुतेर आन्दोलन !

विराटनगर । विराटनगरमा सडक पिच गर्नु पर्ने माग गर्दै आन्दोलन भएको छ । वडा नम्बर ११ को कार्यालय अगाडी सडक पिच गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीयले आज बिहानदेखि सडकमा सुतेर आन्दोलन गरेका हुन् । उनीहरूले उक्त सडक दिनभरी बन्द गरेका थिए । वडा कार्यालय उत्तरदेखि करिब पाँच सय मिटर दक्षिणसम्म सडक बन्न सकेको छैन । ठेक्का सम्झौता भए पनि म्याद गुज्रिएको पाँच महिना बितिसक्यो । तर पनि ...
यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

यस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ?

मोरङको ग्रामथानमा स्थानीय तह उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कस्तो देखियो ग्रामथानको उपनिर्वाचन, के भन्छन् मतदाता ? भिडियो हेर्नुहोस्... https://www.youtube.com/watch?v=vlsoZJrZU8k
उपनिर्वाचन : ग्रामथानमा १२ बजेसम्म नौ हजार ५३ मत खस्यो

उपनिर्वाचन : ग्रामथानमा १२ बजेसम्म नौ हजार ५३ मत खस्यो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि जारी निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ९ हजार ३५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदाता मध्ये करिब ३५ प्रतिशत मतदान भएको हो । उक्त समयमा चार हजार सात सय २८ पुरुष र चार हजार तीन सय २५ महिलाले मतदान गरेका छन् । अहिलेसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको कार्यालयले जनाएको छ । ग्रामथानमा १२ मतदान स्...
मोरङको ग्रामथानमा मतदान सकिए लगत्तै मतगणना थालिने

मोरङको ग्रामथानमा मतदान सकिए लगत्तै मतगणना थालिने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आज अध्यक्ष पदका लागि मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिने छ ।  मतदान सकिए लगत्तै मतपेटिका सङ्कलन गरेर मतगणना सुरु गर्ने तयारी रहेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए । मतपेटिका सङ्कलन भएपछि सर्वदलीय बैठक बसेर तुरुन्तै मतगणना सुरु गर्ने उनले बताए । मतगणना स्थलसमेत तयारी गरिएको उनको भनाइ छ । पौडेलले दुई वटा टोली...
विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा एक जना घाइते 

विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा एक जना घाइते 

विराटनगर । विराटनगर-१२ रोडशेषमा सिटी सफारी दुर्घटना हुँदा एक् जना गम्भीर घाइते भएका छन् । हिजो दिउँसो दक्षिण बाट उत्तर आउँदै गरेको वि.न. १ ह १४२८ नम्बरको सिटी अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर-४ पिपल चोक बस्ने ६० वर्षीया नसिमा खातुन घाइते भएकी हुन् । उनको निधारमा चोट लागेको प्रहरीले जनाएको  छ । उनको नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । सिटी चालक विराटनगर-१६ का ३...
उपनिर्वाचन : मोरङको ग्रामथानमा सुरु भयो मतदान

उपनिर्वाचन : मोरङको ग्रामथानमा सुरु भयो मतदान

विराटनगर । मोरङको ग्रामथानमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ । सहायक निर्वाचन अधिकृत रामराज पौडेलले ग्रामथानमा मतदान सुरु भएको जानकारी दिए । ‘सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको छ’, पौडेलले संगालोखबरसँग भने, ‘मतदाता आउने क्रम जारी छ । सबै केन्द्रमा मतदान सुरु भइसक्यो ।’ ग्रामथानमा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । ग्रामथानमा...
स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरे : मन्त्री राई

स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरे : मन्त्री राई

विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले स्वास्थ्य मन्त्रालयमा आमूल परिवर्तन ल्याउने बताएका छन् । जनस्वास्थ्य सङ्घ कोशी प्रदेशले मंसिर २३ गते मनाउने जनस्वास्थ्य दिवसको अवसरमा गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफूले जिम्बेवारी समाल्दै गर्दा स्वास्थ्य मन्त्रालय नै बिरामी परेको महसुस गरेको उल्लेख गरे । उनले भने, ‘मन्त्रालयको अवस्था भद्रगोल छ । म आमूल परिवर्तन ल...
उपनिर्वाचन : आज रातिदेखि ग्रामथानमा सवारी साधन प्रवेशमा रोक

उपनिर्वाचन : आज रातिदेखि ग्रामथानमा सवारी साधन प्रवेशमा रोक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा आज राति १२ बजेदेखि लागू हुनेगरि सवारी साधन प्रवेशमा रोक लगाइएको छ । भोलि हुने स्थानीय तह उपनिर्वाचनलाई लक्षित गरेर मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन प्रवेशमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको जनाएको छ । बुढीगङ्गा गाउँपालिका-७ डंग्र...
विद्यालयलाई सफाइ सामग्री सहयोग 

विद्यालयलाई सफाइ सामग्री सहयोग 

विराटनगर । मोरङको रंगेली नगरपालिका-१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडालाई सरसफाइका लागि आवश्यक सामग्री प्रदान गरिएको छ । रंगेली नगरपालिका-२ स्थित लुथरन सामुदायिक कल्याणकारी समितिले १० हजार बराबरको ११ प्रकारका सामग्रीहरू प्रदान गरेको हो । डस्टबिन, हरपिक, फिनेल, साबुनलगायतका सामग्री विद्यालयलाई दिइएको समितिले जनाएको छ । विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ तथा विद्यार्थीहरूले आगामी...
घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

घरमा छापा हानेर प्रहरीले बरामद गर्‍यो भन्सार छलीको कपडा

विराटनगर । विराटनगर-१५ स्थित एक घरबाट प्रहरीले भन्सार छलीको कपडा बरामद गरेको छ । आज बिहान मसुदन खातुनको घरबाट प्रहरीले जोगबनीबाट भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो । भन्सार छलेर ल्याएको कपडा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खातुनलाई समेत नियन्त्रणमा लिएको छ । घरभित्रबाट प्लाष्टिकको बोरामा प्याक गरेर राखिएको अवस्थामा तीन हजार छ सय ६० ज...
धनपालथानमा विद्यार्थीहरूद्वारा कार्बन उत्सर्जन घटाउने विधि प्रदर्शन

धनपालथानमा विद्यार्थीहरूद्वारा कार्बन उत्सर्जन घटाउने विधि प्रदर्शन

विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमाहस्थित जीवन विकास पब्लिक स्कुलमा कार्बन उत्सर्जन कम गर्ने विधिसहितको परियोजना प्रदर्शन गरिएको छ । स्कुलको थ्री जिरो क्लब र विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् । प्रदर्शनी हेर्न देशका विभिन्न स्थानबाट लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र गैरसरकारी संस्थाका पदाधिकारीहरू उपस्थित थिए । जलवायु परिवर्तनको समस्या बढिरहेका बेला कार्बन उत्सर्जन कम गर्ने अ...
आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

आचारसंहिता विपरितका प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलीय बैठकमा यस्तो आग्रह गरेको हो । मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका ब्यानरहरू हटाउन आग्रह गरे । उनले निर्वाचनलाई स्वच्छ र मर्याद...
उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारीमा आठपहरिया समुदायले मनाए वाडाङमेट 

उर्लाबारी । मोरङको उर्लाबारी-९ मा रहेका अल्पसङ्ख्यक आठपहरिया समुदायले वाडाङमेट अर्थात् मंसिरे चाड मनाएका छन् । किरात आठपहरिया समाज मोरङ जिल्ला कार्यसमितिको आयोजनामा आफ्नो मुख्य पर्व वाडाङमेट मनाएका हुन् । हरेक वर्ष कार्तिक पूर्णिमादेखि १५ दिनसम्म यो पर्व मनाउने गरिन्छ । यस अवधिमा उनीहरू जन्म र मृत्युपछिको विभिन्न संस्कार सम्पन्न गर्छन् । उनीहरू वर्षभर मृत्यु भएका आफन्तको सम्झनामा सुनसरीको बराहक...
मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

मोरङबाट २२ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङका विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । विभिन्न मुद्दामा फरार रहेका उनीहरूलाई पक्राउ गरेर जिल्ला अदालत मोरङमा दाखिला गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरीको पञ्चायत माविमा नगरस्तरीय उत्प्रेरणा कार्यक्रम हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ स्थित पञ्चायत माध्यमिक विद्यालयमा तीन दिने पि.टि. (फिजिकल ट्रेनिङ) प्रशिक्षण कार्यक्रम हुने भएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भोलिबाट प्रशिक्षण कार्यक्रम हुन लागेको हो । नगरभित्रका २८ वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्रशासन, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई एक ठाउँ राखेर कार्यक्रम गर्ने जनाइएको छ । क...
उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

उपनिर्वाचन : ग्रामथानको लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन सामग्री विराटनगर आइपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइपुगेको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार बिहिबार मतपत्र र मतपेटिकालगायतका आवश्यक सामग्री मतदान केन्द्रमा लगिने छ । उपनिर्वाचनका लागि ग्रामथानमा २६ हजार ४४ ...
ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

ग्रामथानको अध्यक्षमा कसले मार्ला बाजी ? तीन दलका उम्मेदवारको यस्तो छ दाबी

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चोकदेखि गल्लीसम्म, घरदेखि खेतीसम्म उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकको लर्को देखिन्छ । बिहानदेखि बेलुकासम्मै दुई हात जोड्दै, पर्चापम्पलेट बाँड्दै, दलगत चुनावी गीत घन्काउँदै घरदैलो अभियान चलिरहेको छ । काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि देशका विभिन्न स्थानसँगै ग्रामथानमा पनि मंसि...
पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

पथरीशनिश्चरेमा भारतीय ट्रकको ठक्करबाट धरानका राईको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा आज साँझ भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १–००२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई साँझ करिब ७ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालक धरान उपमहानगरपालिका–११ का टार्जन राईको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ । घटनापछि...
उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

उखु कृषकलाई आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि एवं प्रवर्द्धनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल फार्मस एडभाइजरी काउन्सिल प्रालि सिनामङ्गल काठमाडौंद्वारा आज  विराटनगरमा आयोजित उखु खेती प्रवर्द्धनका लागि कृषकहरूको सीपमुलक तथा आय अभिवृद्धि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उखुको उत्पादनमा वृद्धि, बजारीकरण र मूल्यका ...
विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगरमा लैङ्गिक हिंसा विरुद्धको अभियानमा वृहत र्‍याली 

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले वृहत र्‍याली निकालेको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको अभियानको पहिलो दिन वृहत सचेतनामूलक  र्‍याली निकालिएको हो । रेडक्रस चोकबाट सुरु भएको र्‍याली जिल्ला प्रशासन चोक, सहिद रङ्गशाला, अस्पताल चोक, ठाकुरबाडी रोड, बुधहाट चोक, ट्राफिक चोक हुँदै ह...
error: Content is protected !!