
विराटनगर । विराटनगर-१५ बाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तव सात लाख नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको छ ।
उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनले उक्त नोट कहाँबाट ल्याएको भनेर श्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको र आइतबार म्याद थपेर आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।